कर्णाली प्रदेशमा ११५ जना नयाँ कुष्ठरोगी फेला

सुर्खेत, १२ माघ। कर्णाली प्रदेशमा ११५ नयाँ कुष्ठरोगी फेला परेका छन् ।

कर्णाली प्रदेशका १० जिल्लामा गत आर्थिक वर्ष २०७४र०७५ ११५ नयाँ कुष्ठरोगी फेला परेको ६६ औँ कुष्ठरोग दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश स्वास्थ्य निर्देशनालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत पदम केसीका अनुसार कर्णालीका तीन जिल्लामा नयाँ कुष्ठरोगी भेटिएका छैनन् । जुम्ला, हुम्ला र डोल्पामा कुष्ठरोगी फेला परेनन् भने सबैभन्दा बढी सल्यानमा फेला परे ।

सल्यानमा ३२, रुकुम (पश्चिम) मा २१, जाजरकोटमा २४, सुर्खेतमा २०, दैलेखमा सात, कालिकोटमा १० र मुगुमा तीन नयाँ कुष्ठरोगी फेला परेका छन् । कर्णालीमा आर्थिक वर्ष २०७२र७३ मा ११९ फेला परेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here