कर्णाली प्रदेशको बजेट ३४ अर्ब ३५ करोड( पुर्ण पाठ सहित)

काठमाडौैं,१ असार । कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०७६-०७७ का लागि बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुभयो । ।  कर्णालीका आर्थिक मामिला मन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटमा चालूभन्दा पुँजीगत खर्च बढी रहेको छ । कुल वार्षिक विनियोजनमध्ये चालुतर्फ १३ अर्ब ५ करोड (३८ प्रतिशत) तथा पुँजीगततर्फ २१ अर्ब २९ करोड रुपैयाँ (६२ प्रतिशत) रहेको हो ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट २५ करोड १० लाख तथा चालू आवबाट खर्च नभई बाँकी रहन जाने अनुमानित ८ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । त्यसैगरी कर्णाली सरकारले संघीय सरकारबाट राजस्व बाँडफाँड वापत प्राप्त ७ अर्ब ४४ करोड, प्राकृतिक स्रोतको रोयल्टि बाँडफाँडबाट प्राप्त हुने रकम २ करोड ७४ लाख रुपैयाँ पनि बजेटको स्रोतको रुपमा रहेको छ ।

बजेट वक्तव्यको पूर्णपाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here