करेन्ट लागेर स्थानीय १४ वर्षीया मौसमी राईको मृत्यु

file photo

इनरुवा, ३० वैशाख-सुनसरीको इटहरी उपमहानगरपालिका तीन तालतलैयामा करेन्ट लागेर आज बिहान स्थानीयवासी १४ वर्षीया मौसमी राईको मृत्यु भएको छ ।

पानी तान्नका लागि मोटर चलाउने क्रममा शनिबार करेन्ट लागेर गम्भीर घाइते भएकी राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here