करेन्ट लागेर एक युवकको मृत्यु,स्थानीयद्धारा प्रर्दशन

डडेल्धुरा,२० बैशाख । करेन्ट लागेर डडेल्धुरामा एक किशोरको मृत्युभएको छ । अमरगढी–१ दह भेटाका १८ वर्षीय तेजबहादुर ऐरको करेन्ट लागेर मृत्युभएको हो ।

बोकेको काचो काठ बिजुलीको तारमा छोइँदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो ।

यसैबीच, पीडित पक्षले विद्युत् प्राधिकरण वितरण केन्द्रको लापरबाहीले करेन्ट लागेको भन्दै भीमदत्त राजमार्गको स्याउले नजिक करिब १० घण्टा सडक अवरुद्ध गरेका छन् । प्रदर्शनपछि पीडित पक्ष र विद्युत् प्राधिकरण वितरण केन्द्र, डडेल्धुराबीच क्षतिपूर्ति दिने सहमति बनेको छ ।

सवारी रोकिँदा तराईबाट ७ पहाड आउने र जाने यात्रुहरु अलपत्र परेका थिए । अवरुद्ध सडक शुक्रबार बिहान ४ बजेबाट खुलेपछि सवारी गन्तव्यतर्फ लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here