काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको शिद्धान्तको विजय भएको बताउनुभएको छ ।
राजधानीमा आजदेखि सुरु मुस्लिम संघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले नेपालका सबै कम्युनिष्ठहरुले संसदीय प्रणालीलाई अबलम्बन गरेबाट कांग्रेसको सिद्धान्तको बिजय भएको बताउनुभएको हो ।
२००७ साल देखि नेपाली कांग्रेसले राजा र कम्युनिष्ठहरुसंग संसदीय प्रणालीका लागि लड्दै आएको उल्लेख गर्दै उहाँले प्रणालीको विरोध गर्ने तीनै कम्युनिष्ठले संसदीय प्रणाली अगाल्नु नै आफुहरुको बिजय भएको बताउनुभयो ।
उहाँले विगतका कमि कमजोरीलाई हटाएर कांग्रेसको चरित्र, मुल्य , मान्यता र निष्ठाका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
दुई कम्युनिष्ठ मिलेकाले निर्वाचनमा पराजय व्यहोर्नु परेको भनी हल्का टिप्पणी गरेर मात्रै नहुने भन्दै उहाँले पराजयको जिम्मेवारी सबैले आ–आफ्नो स्थानबाट लिदै लोकतन्त्र विरोधी शक्ति विरुद्ध एकढिक्का भएर लड्नुपर्ने बताउनुभयो ।

