कम्युनिष्ट शासनबाट मुक्तअुन आजको आवश्यकताः प्रधानमन्त्री देउवा

कपिलवस्तु,१२ मंसिर–प्रधानमन्त्री शेरवहादुर देउवाले कम्युनिष्ट शासनबाट मुक्त भएमात्र देश समृद्ध हुने बताउनुभएको छ । कम्युनिष्ट शासनबाट मुक्त भएमात्र देशमा बिदेशी लगानि भित्रने र देश समृद्ध हुने उहाँको भनाई छ ।

कपिलबस्तुमा भएको चुनाबी सभालाई संबोधन गर्दै प्रधानमन्त्री देउवाले बिदेशी पुँजि ल्याएरै भएपनि ठुलाठुला उद्योग धन्दा खोलेर रोजगारीको ब्यवस्था गर्न सकिने बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति समेत रहनुभएका देउवाले नेपाली काग्रेसले बहुमत ल्याएमात्र देशमा बिकास निमार्णका काम अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले साम्यबादि कम्युनिष्ट ब्यबस्थाको जमाना गैसकेको बताउनुभयो । अबको जमाना लोकतन्त्रको जमाना हो भन्दै उहाँले देशको समृद्धिको अभियान अगाडि बढाउन, गरिबीको अन्त्य गर्न कांग्रेस अभियानै लिएर अघि बढिसकेको उल्लेख गर्नुभयो ।

यस्तै, कांग्रेस नेता तथा कपिलबस्तु क्षेत्रनम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार दिपकुमार उपाध्यायले कांग्रेसकाे जितले समृद्धिको ढोका खुल्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here