कम्युनिष्ट गठबन्धनले बहुमत ल्याए मुलुकमा निर्वाचन हुनै नदिनेः काँग्रेस

काठमाडौं,६ मंसिर– नेपाली काँग्रेसले कम्युनिष्ट गठबन्धनले बहुमत ल्याए मुलुकमा निर्वाचन हुनै नदिने आरोप लगाएको छ ।

नेपाली काँग्रेसका नेता एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन हुनै नदिने गरी कम्युनिष्टहरुको सरकार बने ५० वर्षसम्म शासन गर्ने अभिव्यक्ति दिएको तर्क समेत गर्नु भयो ।

उहाँले पाँच वर्षका लागि हुने आवधि क निर्वाचनका बेला ५० वर्षसम्म शासन गर्ने कुरा गर्नुलाई आफ्नो पार्टीले गम्भिर रुपमा लिएको प्रतिक्रिया पनि दिनु भयो । ओली र दाहालले कम्युनिष्ट गठबन्धनले दुई तिहाई बहुमत ल्याउने र मुलुकमा ५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिँदै आएका छन ।
काँग्रेस नेता खाँडले कानुन विपरित भएकाले सरकारले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनीसँग गरिएको ठेक्का सम्झौता रद्द गर्नु परेको पनि स्पष्ट पार्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here