मकवानपुर,२४ मंसिर– मकवानपुर क्षेत्र नम्बर १ बाट कमल थापालाई हराउँदै एमाले उम्मेदवार कृष्ण दाहाल निर्वाचित हुनुभएको छ । दाहालको मकवानपुरबाट यो तेस्रो जित हो ।
अन्तिम निर्वाचन परिणामअनुसार दाहालले ४० हजार ६ सय ३० मत प्राप्त गर्नुभएको छ । थापाले ३४ हजार ५ सय ५८ मत पाउनुभयो ।
उपप्रधान तथा ऊर्जा मन्त्री थापा अन्तिम पटक २०५१ मा मकवानपुरबाट निर्वाचित सांसद हुनुभएको थियो । त्यस यता उहाँ लगातार पराजित छन् । पछिल्लो संविधान सभा निर्वाचनमा समानुपातिक सूचीबाट सांसद हुनुभएको थियो ।

