कमलादीको डान्सबारमा गोली चलाउने दुईजना भारतीय जेल चलान

काठमाडौँ, १५ मङ्सिर-  बिलको विवादमा कमलादीको डान्सबारमा गोली चलाउने दुईजना भारतीय जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीहरूलाई बिहीबार जेल चलानको आदेश दिएको हो ।

१५ कात्तिकमा पक्राउ परेका जसवीर सिंह र हरदेवेन्द्र सिंहलाई ज्यान मार्ने उद्योग मुद्दामा पुपक्र्षका लागि जेल चलानको आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

कमलादीको हेरिटेज प्लाजामा रहेको ‘ज्याक डेनियसल्स रेस्ट्रो बुथ डान्सबार’का कर्मचारीलाई ज्यान मार्ने उद्देश्यले गोली चलाएको अभियोग प्रहरीले लगाएको थियो ।

उनीहरूमाथि जिल्ला प्रशासन कार्यालयमा प्रहरीले हातहतियार मुद्दा पनि चलाउने भएको छ । धेरै बिल उठेपछि डान्सबारमा विवाद हुँदा उनीहरूले गोली हानेका थिए । गोली हानेर गाडीमा भाग्ने क्रममा कमलादीको गणेशस्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो, नयाँ पत्रिकामा  खबर छ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here