कफीको खेतीको व्यावसायीकरण आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने

पोखरा, १४ चैत- प्रदेश नं ४ र ५ स्तरीय पोखरामा आयोजित समन्वयात्मक गोष्ठी एवं प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा कफीको खेतीको व्यावसायीकरण आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्नेमा जोड दिइएको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराद्वारा आयोजित गोष्ठीमा वक्ताले नेपालमा ४३ वटा जिल्ला कफीको अत्याधिक सम्भावनायुक्तस्थल भए पनि व्यावसायिक रुपमा उपयोग हुन नसकेकोमा जोड दिएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले सामुदायिक वनसँग कफीलाई जोड्दै यसको व्यावसायिक विकास गर्न सक्नुपर्ने बताउनुभयो ।

अबको आवश्यकता गरिबी न्यूनीकरण भएको बताउँदै उहाँले आर्थिक समृद्धिका लागि कफी खेतीको व्यावसायिक विकास बढाउनुपर्ने बताउनुभयो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय निर्देशक लक्ष्मण पोखरेलले नेपालमा लामो समयदेखि कफी खेतीको शुरुवात भए पनि यसले अपेक्षित रुपमा व्यावसायिक रुप लिन नसकेको बताउनुभयो ।

नेपाल प्रांगारिक कफीको उत्पादनका दृष्टिले अत्यन्त सम्भावना बोकेको ठाउँ भएको बताउँदै उहाँले यसका माध्यमबाट कृषकको आर्थिक समुन्नति सम्भव हुने उल्लेख गर्नुभयो ।

कफीखेतीका नाममा हुनेगरेका अनियमिततालाई रोकिने बताउँदै उहाँले विद्यमान सम्भाव्यतालाई सरोकारवालसँगको सहकार्यमा उजागर गरिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here