पर्याप्त बर्षा नहुँदा मुलुकभर अहिलेसम्म ६८ दशमलब २९ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि विकास मन्त्रालयले जनाएको छ ।
मुलुकभर १५ लाख ५२ हजार हेक्टर भूभागमा धान रोपाइँं हुँदै आएकोमा असार मसान्तसम्म १० लाख ६० हजार हेक्टरमा धान रोपाई सम्पन्न भएको कृषि मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो ।
पर्याप्त बर्षा नहुनु तथा सिंचाई सुविधाको समेत अभावमा अझै ३० प्रतिशत भन्दा बढी खेतीयोग्य क्षेत्रमा धान रोपाइँ बाँकी छ। प्रवक्ता कार्कीले सबैभन्दा बढी मध्यपहाडमा ७९ दशमलब २३ प्रतिशत रोपाइँ सम्पन्न भएको जानकारी दिनुभयो ।
कूल धान खेती हुने क्षेत्रफलमध्ये अहिलेसम्म उच्च पहाडमा ५८ हजार एक सय ५८ हेक्टर, मध्य पहाडमा ३ लाख ९९ हजार ६ सय ७५ हेक्टर र तराईमा १० लाख ९४ हजार हेक्टर क्षेत्रमा धान खेती भएको छ । बाँकी रहेको क्षेत्रमा साउनको अन्तिम सातासम्म रोपाइँ हुने कार्कीले बताउनुभयो ।

