कति टुक्रा भयो २१ वर्षमा माओवादी ? २२ औं जनयुद्ध दिवस मनाउँदै

काठमाडौं,१ फागुन– तत्कालिन माओवादीले आज २२ औँ जनयुद्ध दिवस मनाउँदै छन् । नेपालमा माओवादीले सुरु गरेको सशस्त्र युद्धको आज २१ बर्ष पुरा भएको छ ।
जनयुद्ध दिवसको अबसरमा माओवादी पार्टीहरुले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेका छन् ।  २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० वर्षे जनयुद्धको स्मरणमा प्रत्येक वर्ष फागुन १ गते जनयुद्ध दिवस मनाइने गरिएको छ ।
२०५२ साल फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरी सशस्त्र युद्धको शुरूवात गरिएको थियो ।
जनयुद्ध दिवसको अबसरमा नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा विशेष कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले खुलामञ्चमा कार्यक्रम गरि महाधिबेशन पनि उद्घाटन गर्न लागेको छ ।

पछिल्लो समय माओवादी विभिन्न चिरामा विभक्त भएको छ भने युद्ध सुरु गर्दाताकाको आफ्ना लक्ष्य विर्सिएको छ । माओवादी युद्धका प्रमुख सुत्रधार मानिने डा. बाबुराम भट्टराई पनि पार्टीबाट बाहिरिएर नयाँ शक्ति पार्टी गठन गरेका छन् ।
जनयुद्ध सुरु गरेको २१ बर्ष पुराहुँदा तत्कालिन र अहिलेको माओवादीले आफ्नो लक्ष्य र उद्देश्य नै विर्सिएर सत्ता र शक्तिको भुमरीमा फँसेको टिप्पणी हुन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here