कतारको एउटै कम्पनीमा काम गर्ने ४२७ नेपाली अलपत्र

काठमाडौं,११ वैशाख ।  कतारको हमाद विन खालिद विन हमाद डब्लूएलएल एचकेएच कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदार अलपत्र परेका छन् ।

यो कम्पनी कतारी राजपरिवारका सदस्य शेख हमाद विन खालिद विन हमाद विन अल थानीको हो ।

कतारका महत्त्वपूर्ण परियोजना बनाउने जिम्मा लिएको एचकेएचले आफ्ना कामदारलाई तलब दिन सकेको छैन । कान्तिपुरका अनुसार उनीहरुको ४ महिनादेखि ७ महिनासम्मको तलब रोकिएको छ । तलब नपाउँदा कामदारलाई खानेकुरा जोहो गर्नसमेत समस्या परेको छ ।

कम्पनीमा मासिक २६ हजारदेखि २ लाख ३२ हजार रुपैयाँसम्म तलब बुझ्ने नेपाली पनि छन् ।कान्तिपुर दैनिकले समाचार लेखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here