कडा चेक जाँच सहित कोहलपुर वडा नं ६ मा वडा अध्यक्ष को चुनाव शुरु

भिम नेपाली
बाँके, कोहलपुर-६
कोहलपुर स्थित श्री सिद्धार्थ आधारभूत विद्यालयमा आज बिहान सात बजे बाट मतदान शुरू गरिएको छ। मतदाता लाई सहजता को लागि दुई वटा मत पेटिका राखिएको छ। मतपेटिका”क”र “ख”गरी दुई भाग मा विभाजन गरीयको छ। मतदाता लाई आफ्नो मत लाई शान्ति पूर्ण र सुरक्षित तथा धाधलिपूर्न तरिकाले प्रदान गर्नको लागि नेपाली सेना, शसत्र प्रहरी र नेपाल प्रहरी को प्रशस्त मात्रामा उपस्थिति छ। चुनावी मैदान मा अध्यक्ष पद का लागि ने. क.पा. बाट उममेदवार श्री राम शरण थारु,ने.का. का उमेदवार श्री कृष्ण थारु, संघीय समाजबादी पार्टीका उमेदवार श्री शोभाकर पोखरेल,रा.प्र.पा. उमेदवार श्री श्रीधर सुबेदी र ने.म.की.पा. बाट उमेदवार लक्ष्मी हमाल रहेका छन। सबै मतदाताहरु खुसीको साथ मतदान गरिरहेका छन्। मतदान गर्न जेष्ठ नागरिक ८१ वर्षीय पल्लु थारु ले समेत मतदान गरेका छन। सो वडामा जम्मा मतदाता संख्या -२०२६ रहेको र बेलुका चार बजे सम्म जम्मा-१६०८ मत खसेको मतदान केन्द्र का मुख्य निर्वाचन अधिकृत श्री खडानन्द तिवारीले जानकारी गराएका छन। मतदान आज बेलुका ५ बजे सम्म चल्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here