कञ्चनपुरमा अनिश्चितकालीन बन्द, जनजिवन प्रभावित

कञ्चनपुर,१५ माघ । महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा अवैध रुपमा निर्माण गरिएका पक्की संरचना भत्काउनुपर्ने माग राख्दै आजदेखि अनिश्चितकालीन कञ्चनपुर बन्द घोषणा गरिएको छ ।
अवैध लिजविरुद्व चरणबद्व आन्दोलनमा उत्रिएका युवा विद्यार्थी संगठनले गरेको कञ्चनपुर बन्दका कारण सदुरमुकाम महेन्ऽनगर बिहानैदेखि ठप्प छ बन्द कर्ताहरुले बजार व्यवसाय, विद्यालय, सरकारी कार्यालय ठप्प पारेका छन् भने सवारीसाधनसमेत चल्न दिएका छैनन् ।
आन्दोलनरत विद्यार्थीहरु बिहानैदेखि सडकमा उत्रिएर बन्द गराउँदै हिँडेका छन् उनीहरुले सार्वजनिक तथा निजी सवारीसाधनको साँचोसमेत थुतेर लगेका छन् । अनिश्चितकालीन बन्द आहृवान गरिएपछि बिहानैदेखि महेन्ऽनगरको जनजीवन प्रभावित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here