कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु, सीसीटीभी मार्फत निगरानी

काठमाडौं,१५ बैशाख । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भैरहेको छ । परीक्षाका लागि चार लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सबैभन्दा कम मनाङमा ५९ जना र सबैभन्दा धेरै काठमाडौंमा ६२ हजार ५ सय ८८ परीक्षार्थीले फाराम भरेको बोर्डले जनाएको छ ।
देशभर १ सय ७ परीक्षा केन्द्र कायम गरिएको बोर्डले जनाएको छ । परीक्षालाई मर्यादित बनाउन १३ हजार २ सय ८४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षाको नियम उल्लंघन गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवाना गरिने बोर्डले जनाएको छ । यसैबीच प्रश्नपत्रको सुरक्षाका लागि प्रश्नपत्र राखिएको कोठामा सीसीटीभीमार्फत निगरानी गरिएको पनि बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here