औषधि खरिदमा ढिलासुस्ती गर्नेलाई कारबाही-स्वास्थ्य राज्यमन्त्री अर्याल

पाल्पा, १२ जेठ– स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य कार्यालयका भवन निर्माणदेखि औषधि खरिद प्रक्रियामा ढिलासुस्ती गर्ने जो कोहीलाई पनि सरकारले कारबाही गर्ने बताउनुभएको छ ।

पाल्पा व्यापार संघको प्रथम साधारणसभा तथा अधिवेशनको आज तानसेनमा उद्घाटन गर्दै उहाँले स्वास्थ्य क्षेत्रको ठेकेदारी प्रथाको अन्त्य गरेर सरकार अघि बढ्न चाहेको बताउनुभयो । विदेशी औषधिका पोका बोकेर सस्तोमा पाइन्छ भन्नेहरुको दिन अब सकिएको उल्लेख गर्दै उहाँले ढिलासुस्तीका कारण जनताको स्वास्थ्यमा असर पर्न नहुने बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले पाल्पाका पर्यटकीय क्षेत्र रानीमहलदेखि पाल्पा दरबार ऐतिहासिक सम्पदालाई अझै संरक्षण र प्रचारप्रसार गरी पर्यटकका लागि पाल्पा नमूना बनाउन सकिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here