औषधि अभावले पहाडी जिल्लामा स्वास्थ्य सेवा प्रभावित

काठमाडौं,२८ चैत । पहाडी जिल्लाहरुमा औषधि अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ ।

बाँके, हुम्ला र रुकुम जिल्लामा असहज यातायात, फितलो व्यवस्थापन र स्थानीय तहको ढिलासुस्तीका कारण जिल्लामा औषधि अभाव भएको हो ।

विकट पहाडी जिल्ला डोल्पा पठाउन तयार पारिएको औषधि दुई सातादेखि बाँकेको नेपालगन्जस्थित राझा विमानस्थलमा थन्किएको छ । डोल्पामा हवाइ मार्गबाट मात्र औषधि ढुवानी गर्न सकिन्छ ।

डोल्पामा औषधि पठाउन ढिलाइ भएको यो नयाँ घटना भने होइन । हरेक वर्ष डोल्पा, मुगु र हुम्ला जिल्लाले यस्तो समस्या भोग्दै आएका छन् । नागरिक दैनिकले लेखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here