ओहोदाको प्रमानपत्र बुझाउँदै नयाँ राजदुत पुरी

काठमाडौं, १३ चैत– नेपालका लागि नवनियुक्त भारतीय राजदुत मन्जित सिंह पुरीले आज आफ्नो ओहोदाको प्रमाणपत्र राष्ट्रपतिलाई बुझानुहुने भएको छ ।
कार्र्यभार सम्हाल्न हिजो काठमाडौँ आउनुभएका राजदूत पुरीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको छ ।
तत्कालिन राजदुत रणजित रायको कार्याकाल सकिएको २५ दिनपछि पुरी नयाँ राजदुतका रुपमा नेपाल आउनुभएको हो। सिंहले भोलीदेखि मात्रै राजदूतको कार्यभार सम्हाल्नुहुनेछ ।

नेपालका लागि नयाँ राजदुत पुरीले यसअघि युरोपियन युनियन, बेल्जियम र लक्जेम्बर्गका राजदूत भएर काम गरिसक्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here