ओली नेतृत्व सरकारलाई पहिलो गाँसमै ढुङगा

काठमाडौं,४ फागुन– माओवादी केन्द्रले पार्टी एकता नटुंगिएसम्म सरकारमा नजाने संकेत गरेको छ । तत्काल एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने तर पार्टी एकतासहित समग्र प्याकेजमा सहमति नजुट्दासम्म सरकारबाहिरै रहने नीति अँगाल्ने संकेत माओवादीले गरेको छ ।

जनताको बहुदलीय जनवादमा एमालेको अडानका कारण पार्टी एकता संयोजन समितिको बुधबारको छलफल नटुंगिएको अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतालाई ब्रिफिङ गरेका थिए । दाहालले समग्र प्याकेज नटुंगिएसम्म सरकारलाई समर्थन जनाउने तर सहभागितामा प्राथमिकता नदिने बताएका कारण अन्योल देखिएको हो । आजको अन्नपूर्णमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here