ओलीले माओवादीसँग छलफल नगर्दा प्रचण्ड सशंकित !

काठमाडौं,२७ वैशाख । बजेटबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दल माओवादीसँग छलफल नगर्दा प्रचण्ड सशंकित बनेका छन् । बजेट मात्रै होइन, राष्ट्रिय योजना आयोगमा नियुक्तिलगायत महत्त्वपूर्ण निर्णय गर्दासमेत ओलीले प्रचण्डसँग परामर्श गरेका छैनन् । प्रचण्डले माओवादीतर्फबाट राष्ट्रिय योजना आयोगका लागि विद्यावारिधि उपाधिप्राप्त दुई व्यक्तिको नाम पनि दिएका थिए । ओलीले तिनलाई राखेनन् । माओवादी सल्लाहबिनै योजना आयोगलार्य पूर्णता दिए । समाचार अनुसार यसले प्रचण्ड रुष्ट बनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here