ओमनमा नेपाली महिलाको मुल्य एक लाख

web

काठमाडौं, १५ बैशाख– बैदेशिक रोजगारको प्रलोभनमा पारेर नेपाली युवतीलाई एक लाखभन्दा बढी रुपैयाँ लिई बिक्री गर्ने गिरोहका चार सदसइ पक्राउ परेका छन् ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भारतको दिल्ली हुँदै नेपाली युवतीलाई ओमन पुर्याएर बिक्रि गरेको अभियोगमा तोकबहादुर तामाङ मेदनी प्रसाद प्रसाई र निमा लामालाई पक्राउ गरेको हो ।

यसअघि नै सोही गिरोहका विष्णु लामा पक्राउ परेका थिए । ब्युरोकी एसपी मीरा चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुले नेपालका विभिन्न नाकाबाट भारतको दिल्ली पुर्याएर हवाईमार्ग हुँदै युवती ओमन पठाउने गरेको बताएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here