ऐलानी जग्गा दर्ताका विषयमा छलफल गर्दै कृषि तथा जलस्रोत समिति

काठमाडौं, १७ चैत– व्यवस्थापिका संसद अन्तर्गतको कृषि तथा जलस्रोत समितिको बैठक आज बस्दैछ । समितिको सिंहदरबारस्थित कार्यालयमा बिहान १० बस्ने बैठकमा भूमि सुधार तथा व्यवस्था मन्त्रालयको चालु आर्थिक वर्षको प्रगति विवरण र मन्त्रालयबाट निर्माण हुनु पर्ने कानुन अवस्था तथा ऐलानी जग्गा दर्ताका विषयमा छलफल हुने समितिका सचिव आनन्द प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
बैठकमा भूमि सुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डे र भूमिसुधार सचिव कृष्णप्रसाद देवकोटालाई छलफलका लागि बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here