ऐतिहासिक सिन्दूरे जात्रा मनाइँदै

नुवाकोट, ३१ चैत– नुवाकोटमा आज ऐतिहासीक सिन्दुरे जात्रा मनाइदैँछ । जात्राको मुख्य तथा विशेष दिन आज अपराह्न नुवाकोटमा हुने सबैभन्दा ठूलो तथा ऐतिहासिक सिन्दूरे जात्राको सबै तयारी पूरा भएको छ ।

दुईदिनसम्म देवीघाटस्थित जालपादेवी मन्दिरमा विराजमान गराएपछि भगवान्स्वरुप रहेका धामीधमिनी अहिले नुवाकोटको धरमपानी पुगेका छन् । गएको मध्यरात देवीघाटबाट नुवाकोटको लागि प्रस्थान गरेका धामीधमिनीसहित देवीघाटको जालपादेवी मन्दिरमा लगिएको भैरवी देवीको मुकुटलगायतको भगवान् आज बिहान ४ बजे धरमपानीमा पु¥याइएको हो ।

अहिले धरमपानीमा आराम गरिरहनुभएका धामीधमिनी र रथको पूजाआजासहित अपराह्न भैरवीदेवी मन्दिरमा फर्किएर सिन्दूर खेलेपछि ऐतिहासिक सिन्दूरे जात्राको विशेष रौनक छाउन सुरु हुने धार्मिक एवम् वैदिक विधि रहेको नुवाकोट दरबार मौला अमालका द्वारे महेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

मङ्गलबार मध्यरात देवीघाट पुग्नुभएका धामीले करिब २४ घन्टाको बसाइमा विभिन्न जिउँदो पशु÷चौपायाको भोग खाएर नयाँ वर्षको गोप्य भविष्यवाणी गर्नुभएको छ । उहाँले गर्नुभएको भविष्यवाणी हुलाकमार्फत राष्ट्रपतिसमक्ष पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here