ए डिभिजन लिगका अन्तिम चरणका खेलहरु आज सुरु हुँदै

काठमाडाै‌ २१ पुस । सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम चरणका खेलहरु आज सुरु हुँदैछन् । लिगको अन्तिम चरणको पहिलो दिन आज २ खेल हुनेछन् ।

आजको पहिलो खेलमा जावलाखेल र च्यासल युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । हल्चोकस्थित एपिएफ मैदानमा बिहान ११ बजे आजको पहिलो खेल सुरु हुनेछ । दुबै टोली जित हात पार्दै लिगको सुखद अन्त्य गर्न चाहान्छन ।

लिगमा च्यासल पाँचौ र जावलाखेल चौथो जितको खोजीमा छन् ।  सोहि मैदानमा दिउँसो साडे २ बजे सरस्वती र पुलिस पनि प्रतिस्पर्धामा उत्रनेछन् । सरस्वतीलाई हराउन सके, पुलिसले तालिकामा २ स्थान सुधार गर्नेछ । १३ अंकमा तालिकाको नवौँ स्थानमा रहेको सरस्वती पनि प्रतियोगीताको सुखद अन्त्य गर्दै तालिकामा एक स्थान सुधारको योजनामा छ ।

लिगको बिजेता ११ औँ चरणमै टुंगीएपनि उपबिजेताको छिनोफानो १२ औँ चरणले लगाएको थियो । लिगमा शत प्रतिशत नतिजासंगै मनाङ मस्र्याङ्दीले उपाधि जित्दा संकटा क्लब उपबिजेता बनिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here