एसीसी य– १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किदै

एजेन्सी । थाईल्यान्डमा सम्पन्न एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किदैछ । टोली आज दिउँसो २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुग्नेछ ।

नेपालले फाईनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै उपाधि जितेको हो । अप्रिल २० देखी सुरु भएको प्रतियोगितामा ८ देशको सहभागिता थियो ।

समूह ए मा नेपाल, मलेसिया, थाइल्यान्ड, म्यानमार र समुह बी मा सिंगापुर, भुटान, हङकङ, चीन थिए । सेमिफाईनलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । ५ खेलमा ९३ रन बनाउनुका साथै ४ विकेट लिएका कप्तान विशाल विक्रम केसी ‘म्यान अफ द सिरिज’ समेत बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here