एसियाली शारीरिक सुगठन आजदेखि

काठमाडौं,२ साउन । बाह्रौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुदै छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ तथा फिटनेस महासंघको आयोजनामा नेपालमा तेस्रो पटक प्रतियोगिता आयोजना हुन लागेको हो ।

तीनदिने प्रतियोगिता कमलादीस्थित प्रज्ञा भवनमा सञ्चालन हुनेछ । प्रतियोगितामा दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, अफगानिस्तान, भुटान, माल्दिभ्स, श्रीलंका, पाकिस्तान र आयोजक नेपालका गरी एक सय ३० जनाको सहभागिता   रहनेछ । प्रतियोगितामा नेपालबाट १८ पुरुष र पाँच महिला गरी २३ जनाको सहभागिता रहने एनबीबीएफएका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा शारीरिक सुगठन प्रतियोगिता, जुनियर शारीरिक सुगठन प्रतियोगिता, पुरुष फिटनेस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स, पुरुष स्पोर्ट्स फिजिक्स, महिला एथलेटिक्स फिजिक्स तथा महिला मोडल फिजिक्स गरी १८ स्पर्धा समावेश गरिएको छ । यसअघिका प्रतियोगितामा शारीरिक सुगठन खेल मात्र समावेश भएकोमा नेपालले पहिलो पटक पुरुष तथा महिला विधाको प्रतिस्पर्धा पनि सुरु गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here