एसियाली जुनियर भारोत्तोलन श्रावण ७ देखि १५ सम्म

काठमाडौं, २९ बैशाख– नेपाल भारोत्तोलन संघको आयोजनामा भाारोत्तोलन हुने भएको छ । १९ औं युथ, २४ औं जुनियर महिला तथा ३१ औं जुनियर पुरुष एसियाली भारोत्तोलन च्याम्पियनसिप आगामी श्रावण ७ गतेदेखि १५ गतेसम्म हुने भएको हो ।
प्रतियोगितामा पुरुष र महिला गरी जम्मा २ सय ८८ पदकका लागि प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष रतनकुमार टण्डनले जानकारी दिनु भयो ।
प्रतियोगिताका खेलहरु लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड ७५ लाख ९६ हजार ८ सय ९० रुपैयाँ खर्च हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here