एसियाली खेलकुद : नेपाल जापानसँग १–० ले पराजित

काठमाडौँ, २९ साउन:एसियाली खेलकुद अन्तर्गत मंगलबार भएको फुटबलमा नेपाल एसियाली पावरहाउस जापानसँग १–० गोल अन्तरले पराजित भएको छ ।

एसियाली खेलकुद औपचारिक रुपमा १८ अगस्टदेखि सुरु भए पनि फुटबल खेल भने सुरु भइसकेको छ । आज इण्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएकाे खेलमा नेपालले पहिलो हाफको ७औं मिनेटमा गोल खाएको थियो । जापानका लागि मिटोमा काउरुले गोल गरेका थिए । नेपाल भन्दा बलियो जापानले पटकपटक पोस्ट चार्ज गरे पनि नेपालका किपर किरन चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए ।

एसियाली खेलकुदमा यू–२३ टिम खेल्ने गरेको छ । जसमा ३ जना बढी उमेर समूहका खेलाडी पनि समावेश गर्न पाउने प्रावधान अनुसार नेपालको कप्तानी गोलकिपर किरन चेम्जोङले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here