एसियन गेम्समा नेपालले अाज जापानसँग खेल्दै

काठमाडौँ, २९ साउन:एसियन गेम्सअन्र्तगत आज नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ । इण्डोनेसियाको जाकार्तास्थित विबावा मुक्ति स्टेडियममा हुने खेल नेपाली समयानुसार साँझ पौने ६ बजे हुनेछ ।
बलियो प्रतिद्वन्दी जापानमाथि जित निकाल्न नेपालका लागि कठिन छ । यसअघि भएका तीन भेटमा जापानले जित निकालेको छ ।

यस्तै आजै उज्वेकिस्तान र बंगलादेश, थाइल्याण्ड र कतार, चीन र टिमोर लिष्टे, सिरिया र यूएई तथा भियतनाम र पाकिस्तानबीच पनि प्रतिस्पर्धा हुनेछ ।

समुह ‘डी’मा रहेको नेपालले जापानपछि बिहीबार भियतनाम र आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । एसियन गेम्सकै तयारीका लागि नेपालले थाइल्याण्डमा १० दिने अभ्यास गरी जाकार्ता पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here