एसियन कप फुटबल छनोटको अन्तिम खेलमा नेपाल र यमन भिँड्दै

काठमाडौं,१३ चैत । एएफसी एसियन कप फुटबल छनोट चरणको अन्तिम खेल नेपालले आज यमनसँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति ९ बजे कतारको दोहास्थित सुहिम बिन हमाद रंगशालामा हुनेछ । यमनमा आन्तरिक हिंसा जारी रहेकाले उसको मैदानमा हुनुपर्ने सबै खेलहरु कतारको मैदानमा आयोजना गरिदै आएको छ । समूह ‘एफ’अन्तर्गत्को यो खेल नेपालको लागि औपचारिकता मात्रै हुनेछ । एसियन कपका लागि छनोट हुने सम्भावना सकिएकाले यो खेल नेपालका लागि प्रतिष्ठाको लडाइँमात्रै बनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here