एसईईको नतिजा आज, कसरी हेर्ने ?

काठमाडौं,१२ असार ।  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

बैठकले निर्णय गरेपछि नतिजा सर्वाजनिक गरिने उहाँको भनाई छ । चैत १० गतेदेखि चलेको परीक्षामा चार लाख ७५ हजार तीन परीक्षार्थी सहभागी भएका थिए । एसईईको नतिजा परीक्षा बोर्डको वेबसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ । यस्तै, नेपाल टेलिकमको १६०० मा फोन गरेर नतिजा हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here