एजेन्सी–क्यारिबियन क्षेत्रमा ठूलो क्षति निम्त्याएको शक्तिशाली आँधी एर्मा अहिले बाहामस र उत्तरी क्युबा भएर अघि बढिरहेको छ ।
यसअघि एर्मा आँधीबाट प्रभावित केही टापुहरुमा आज अर्को शक्तिशाली आँधी होजे आउने अपेक्षा गरिएको छ । आँधीले ठूलो क्षति र्पुयाएको बारब्युडा टापुबाट मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने काम सकिएको बताइएको छ । उक्त टापु छाड्ने चाहनेहरुलाई डुङ्गा अथवा हवाईजहाजबाट छिमेकी एन्टिगुआ र्पुयाइएको छ ।
आँधीपछि त्यहाँ सबै तहसनहस भएको देखिन्छ भने घरहरुमा व्यापक क्षति पुगेको छ भने, मानिसहरु भोको बस्न बाध्य भएका छन् । आँधीका कारण अमेरिकाको पुएर्टो रिकोका आधाभन्दा बढी घरहरुमा बिजुली आपूर्ति बन्द भएको छ ।
एर्मा आँधी अमेरिकी मूल भूभागमा पुग्न लाग्दा फ्लोरिडा राज्यका गर्भनरले मानिसहरुलाई सुरक्षित स्थानमा सार्ने समय कम हुँदै गएको चेतावनी दिएका छन् । सुरक्षित एर्मा आँधी आज अमेरिकी मूल भूभागमा प्रवेश गर्ने अपेक्षा गरिएको छ । दुई करोड जनसंख्या रहेको फ्लोरिडाका करिब १० लाख मानिसहरुलाई सुरक्षित स्थानमा जान भनिएको छ ।

