एयर स्ट्राइकका क्रममा ४० जना आप्रवासी मारिए

एजेन्सी । लिबियामा भएको एयर स्ट्राइकका क्रममा कम्तिमा ४० जना आप्रवासी मारिएको अधिकारीहरुले बताएका छन् । सो एयर स्ट्राइक आप्रवासीहरुको हिरासत केन्द्रमा भएको थियो । यो संख्या प्रारम्भिक रुपमा आएको भएपनि संख्या अझै बढ्न सक्ने बताइएको छ ।

अन्य ८० जना विस्फोटका क्रममा घाइते भएको जनाइएको छ । यो घटना राजधानी त्रिपोलीको पूर्वी भाग तजौरा सुबर्बमा भएको हो ।  मारिएका सबैजसो अफ्रिकी आप्रवासी भएको बताइएको छ । आप्रवासीहरु लिबिया हुँदै युरोप जाने गरेका छन् । त्यही भएर आप्रवासीको संख्या सो स्थानमा निकै हुने गर्छ । लिबियाका तत्कालीन शासक मोहम्मद गद्धाफीको सन् २०११मा मृत्युपछि हिंसामा पर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here