एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

रामेछाप, ८ असार ।  रामेछापमा आज विहान एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् । बिरामी लिन गएको नेपाल रेडक्रस सोसाइटी, भीमेश्वर उपशाखा सिन्धुलीको बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स मन्थलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, रामेछापले जनाएको छ । मृत्यु हुनेमा चालक निरबहादुर श्रेष्ठ रहेका   छन् । दुर्घटनाग्रस्त एम्बुलेन्स सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here