एमाले स‌ंसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ चयन

काठमाडौं,२१ चैत–एमाले स‌ंसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ चयन भएका छन् । एमालेका प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यहरुको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकले नेम्वाङलाई उपनेता बनाउने निर्णय गरेको हो ।

पूर्वसभामुखसमेत रहेका नेम्वाङ अघिल्लो व्यवस्थापिका संसद्‌मा पनि एमाले संसदीय दलको उपनेता थिए। बैठकमा प्रधानमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता केपी ओलीले नेम्वाङलाई दलको उपनेता बनाउने प्रस्ताव राखेका थिए।नेम्वाङ इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभातर्फ विजयी सांसद् हुन्। एमाले नेता खगराज अधिकारी दलको प्रमुख सचेतक र शान्ता चौधरीलाई सचेतक बनाइएको छ।
बैठकमाप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफूले पर्सीदेखि गर्ने भारत भ्रमणबारे बैठकमा जानकारी गराए । उनले भ्रमण दुई देशबीचको पारस्परिक सम्बन्ध र आपसी हितमा केन्द्रित रहने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here