एमाले स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं,२१ चैत– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएपछि एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने बोलाइएको एमाले पार्टी कार्यालय मुख्य सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमण, पार्टी एकता प्रक्रियामा भएको प्रगतीलगायतका विषयमा छलफल हुनेछ ।

साथै आजको बैठकमा पार्टी एकताका लागि बनेको राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले संयोजन समितिमा बुझाएको प्रतिवेदनमाथि सामान्य ब्रिफिङ हुने नेता सुवास नेम्वाङले बताउनुभयो ।
कार्यदलले बैशाख ९ गतेका दिन पार्टी एकता गर्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन हिजो पार्टी एकता संयोजन समितिलाई बुझाएको थियो ।

बैठकमा दुवै प्रतिवेदनमाथि आज स्थायी कमिटी बैठक सामान्य ब्रिफिङ हुनेछ । यसअघि दुई दलले प्रधानमन्त्री ओलीको भारत भ्रमणअघि नै एकता गर्ने बताएका थिए । तर, विभिन्न विषयमा सहमति जुटन नसकेपछि एकता लम्बिने संकेत देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here