एमाले स्थायी कमिटी बैठकले गर्यो यस्तो निर्णय

web

काठमाडौं,६ जेठ–  प्रमुख प्रतिपक्ष नेकपा एमालेले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने अधिकार सम्बन्धित कमिटीलाई नै दिएको छ ।

पार्टी स्थायी समिति बैठकले स्थानीय आवश्यक्ता अनुसार चुनावी तालमेल गर्ने अधिकार सम्बन्धित कमिटीलाई दिने निर्णय गरेको हो ।

पार्टी नेतृत्वसँग समन्वय गरेर स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने अधिकार सम्बन्धित कमिटीलाई दिइएको पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनु भयो ।

एमालेले एकतावद्ध भई थप उत्साहका साथ दोस्रो चरणको निर्वाचन अभियानमा जुटन पनि पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएको छ । एमालेले दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्न संसदमा विचाराधिन संविधान संशोधन विधेयक र प्रधान्यायाधिश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन पनि सरकारसँग माग गरेको छ ।

संविधान संशोधन प्रस्ताव र प्रधानन्यायाधिशमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिएर दोस्रो चरणको निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरिएको सचिव भट्टराईले बताउनु भयो ।

स्थायी समिति बैठकले पहिलो चरणको निर्वाचनमा सत्ता पक्षबाट भएका धाँधलीजन्य गतिविधिको छानवीन गर्न संसदीय समिति नै बनाउनुपर्ने माग पनि गरेको छ ।

एमालेले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सरकार र सत्तारुढ काँग्रेस÷ नेकपा माओवादी केन्द्रले सत्ताको दुरुपयोग गरी निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here