एमाले स्थायी कमिटि बैठक रिर्साेटमा जारी

काठमाडौं,१ कार्तिक– प्रदेश र प्रतिनीधिसभा निर्वाचन रणनीति तथा पार्टीको घोषणापत्र निर्माणका लागि नेकपा एमालेलको स्थायी कमिटी बैठक आज पनि वस्दैछ । निर्वाचन विशेष रणनीति बनाउन एमालेकोे वैठक हिजो पनि वसेको थियो ।

बैठकले प्रदेश र प्रतिनीधिसभा निर्वाचनको भावी रणनीति, बाम गठवन्धनबीचको चुनावी तालमेल, माओवादी केन्द्रसंग सिटसंख्या बाँडफाँड लगायतका विषयमा केन्द्रीत भएर छलफल गरिरहेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

स्थायी समिति बैठकबाट चुनावी रणनीति समेत निर्माण गर्नुपर्ने भएकाले बैठक भोलीपनि वस्ने एमाले नेता गोकुल घर्तिले जानकारी दिनुभएको छ ।

यसअघि दलहरुले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची आइतबार पेश गरेका थिए । वन्दसूचि पेश गरेपछि दलहरु चुनावी रणनिति तय गर्न आन्तरिक छलफलमा व्यस्त भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here