एमाले संशोधनको विरुद्धमा नयाँ रणनीति बनाउँदै

web

काठमाडौं,११ फागुन– नेकपा एमालेको संसदिय दलको बैठक आज बस्ने भएको छ । दलको कार्यालयमा बिहान ११ बजे बस्ने गरि बैठक बोलाइएको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

सरकारले आज संसदमा संविधान संशोधन विद्येयक पेश गर्ने तयारी गरेपछि प्रमुख प्रतिपक्षदल आफ्नो धारणा बनाउन बैठक बस्ने लागेको हो । बैठकमा सरकारले पेश गर्न लागेको संशोधन प्रस्तावलाई अगाडी बढाउन दिने वा रोक्ने भन्नेबारेमा छलफल हुने छ । एमाले संशोधनको विरोधमा रहेको छ ।
यसैबीचः संसदिय दलको बैठक पछि आजै एमालेले ससंदमा प्रतिनिधीत्व गर्ने ९ दलसंग छलफल गर्ने भएको छ । दिउँसो हुने छलफलमा संविधान संशोधनको प्रस्तावलाई सरकारले संसदमा पेश गर्ने तयारीका बारेमा दलहरुको राय लिने बुझिएको छ ।

दलहरुसंगको छलफल पछि एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने प्रवक्ता ढकाल जानकारी दिनुभयो । बैकठमा सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनका बारेमा पछि छलफल हने श्रेष्ठको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here