एमाले र माओवादी केन्द्र मिलेर नयाँ शक्तिशाली पार्टी बन्नेः ज्ञवाली

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमाले र नेकपा माओवादी केन्द्र दुई शक्ति मिलेर नयाँ शक्तिशाली पार्टी बन्ने बताउनुभएको छ ।

आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उहाँले वाम एकता जनताबाट अनुमोदन भएकाले अब कसैले रोक्न नसक्दै भन्दै चाँडै नै एकता हुने दाबी गर्नुभयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओली र ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालको मात्र पार्टी एकता गर्ने विषय नभएर आम जनताको विषय रहेको प्रष्ट पार्नुभयो ।

उहाँले पार्टी एकता हुँदा दुवै पार्टीको भूमिका, योगदान र प्रतिष्ठानलाई ख्याल गरेर गरिने बताउनुभयो । “एमाले माओवादी र माओवादी एमालेमा विलय हुने होइन”– उहाँले थप्नुभयो, “पार्टी एकता हुँदा ओली र दाहालले दुवैले नेतृत्व गर्नुहुन्छ ।” पार्टी एकता सजिलै हुने दाबी गर्दै उहाँले नेताको व्यवस्थापनभन्दा पनि देशको व्यवस्थापन गर्न चुनौती रहेको बताउनुभयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीको अभिव्यक्ति सत्ता लम्ब्याउने खालका भएको भन्दै जनमतको कदर गर्नका लागि सरकारले तुरुन्तै सत्ता छाड्नुपर्ने औँल्याउनुभयो । उहाँले नेपाली काँग्रेसले राष्ट्रियसभामा आफ्नो उपस्थिति नहुने देखेर असंवैधानिक तरिकाले एकल संक्रमणकालीन व्यवस्था ल्याउन खोजेको आरोप लगाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here