एमाले र माओवादी केन्द्रबीचको एकता प्रकृया चाँडैः नेता नेपाल

काठमाडौं, १५ फागुन–नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारले चाडै पूर्णता पाउने बताउनुभएको छ । स्वतन्त्र विद्यार्थी युनियन रत्न राज्य क्याम्पसको बृहत रचनात्मक सप्ताहको आज काठमाडौमा समापन गर्दै नेता नेपालले मन्त्रीका आकांक्षी धेरै भएकाले सरकारलाई पूर्णता दिन ढिला भएको बताउनुभयो । उहाँले कम्युनिष्ट सरकारले मुलुकको आर्थिक विकासलाई गति दिने पनि दाबी गर्नुभयो ।

राजनीतिक संक्रमणकालको अन्त्य भएको भन्दै नेता नेपालले राजनीतिक स्थायित्वबाट मुलुकको आर्थिक समृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । केही शक्तिले मुलुकमा कम्युनिष्टको सरकार नरुचाएको भए पनि मुलुकको विकासका लागि सबै एकजुट भएर अगाडि बढ्न आह्वान गर्नुभयो ।

जातजाति, भाषा, धर्म र भूगोलको कुरा छाडेर अब सिंगो मुलुकको समृद्धिमा लाग्नु पर्ने उहाँको भनाई थियो । नेता नेपालले एमाले र माओवादी केन्द्रबीचको एकता प्रकृया पनि चाँडै टुंगिने दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here