एमाले र माओवादीबीच आज भएको वार्ता निष्कर्षबिहिन

फाल्गुन १- पार्टी एकता प्रक्रियाको नजिक पुगेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको आजको वार्ता निश्कर्षबिहीन बनेको छ । दुई पार्टीका अध्यक्ष आज पनि एक्लाएक्लै वार्तामा बस्नु भएको थियो ।

पार्टी एकताको कार्यविधीबारे आज थप छलफल गर्ने भन्दै दुबैले हिजोको सरकार सञ्चालन र पार्टी नेतृत्वबारे सैद्धान्तिक सहमति जुटाउनु भएको थियो । संयुक्त अध्यक्ष प्रणाली संगै शीर्ष नेता सम्मिलत छुट्टै समिति बन्ने मोटामोटी सहमति भईसकेको छ ।

आजको छलफल सकारात्मक रहेको र केही दिनमै सहमतिको खाका सार्वजनिक हुने माओवादी केन्द्रका अध्यक्ष दाहालको सचिवालयले जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here