एमाले–माओवादी निर्वाचन चिन्ह ‘सूर्य’राख्ने सहमती,प्रतिवेदन टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई

काठमाडौं ४ बैशाख । एमाले माओवादी एकता सम्वन्धी प्रतिवेदन टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिने गरी एकता संयोजन समितिको बैठक सकिएको छ ।
आगामी ९ पार्टी स्थापना दिवसका अवसरमा हुने भनिएको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता घोषणा भने केही समयलाई टरेको छ।
मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले ९ गते हुने भनिएको एकता घोषणा गृहकार्य नपुगेको निश्कर्ष निकालेको हो ।

आजको बैठकले निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी गरेको छ । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिह्नको विवाद हल भइसकेको एमालेका महासचिव एवं संयोजन समितिका सदस्य र्ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here