एमाले–माओवादी एकता घोषणा छेपारोको कथा बन्दै, ओली–दाहाल आजपनि निर्णायक वार्तामा

काठमाडौं,८ बैशाख– प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज पनि वार्ता हुने भएको छ ।
यसअघिका वार्ताबाट ठोस निष्कर्षमा पुग्न नसकेपछि दुई नेताबीच आजपनि वार्ता हुनेभएको छ । आजको वार्ता भने पार्टी एकताबारे निर्णायक हुने अपेक्षा गरिएको छ ।
आजको वार्ताबाट ठोस निष्कर्ष आउँने माओवादी केन्द्रका नेता तथा एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वार्ता सकारात्मक भए भोली एकता संयोजन समितिको बैठकले पार्टी एकतालाई अन्तिम रुप दिनेछ ।
यसअघि पार्टी एकता संयोजन समितिले वैचारिक र सांगठनिक कार्यदलका प्रतिवेदनलाई अन्तिम टुंगोमा पु¥याउन दुई अध्यक्षलाई जिम्मेवारी दिएको थियो ।
एमाले र माओवादीबीच वैशाख ९ गते लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन एकता घोषणा गर्ने भनिएको थियो तर, त्यो सम्भावना टरिसकेको छ ।
एमाले र माओवादीबीच चुनाव चिह्न के राख्ने, विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने र केन्द्रीय समितिमा दुवै पार्टीका कति–कति सदस्य रहने भन्ने विषयमा कुरा मिल्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here