काठमाडौं, ८ असोज– काठमाडौंमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज सकिदैँ छ । आजको बैठकमा समूहगत छलफलका क्रममा प्रस्तुत भएका प्रश्न, जिज्ञासा र सुझावका बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिँदै आज बैठक सकिने सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
हिजोको बैठकमा प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्नुपर्ने विषयमा दुईथरी धारणा आएका छन् ।
हिजोको बैठकमा बोल्नेमध्ये धेरै नेताले तत्काल प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर चुनावी तयारीमा होमिँदा पार्टीको पक्षमा देशव्यापी माहोल हुनसक्ने सुझाव दिएका छन् ।
संस्थापन पक्षका अधिकांश केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्री घोषणा गरेर जाँदा पक्षमा चुनावी माहोल सिर्जना हुनसक्ने धारणा राखेका थिए । तर त्यसमा केहि सदस्यले असहमति जनाएका थिए । आजको बैठकमा यस विषयमा पनि छलफल हुने भएको छ ।

