एमाले प्रदेश -३ को संसदीय दलको नेतामा पौडेल निर्वाचित

काठमाडाैं, २६ माघ – प्रदेश -३ को एमाले संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित हुनुभएको छ ।

आज भएको मतदानमा पौडेलले ३४ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत पाउनुभयो । एमालेको ३ नं प्रदेशको संसदीय दलको नेता चयनमा सहमति नजुटेपछि ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा आज मतदान भएको हो ।

दलको नेतामा विजयी पौडेल एमाले अध्यक्ष केपी ओली पक्षका हुन् । दलका नेतामा पराजय व्यहोरेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेता माधव नेपाल समूहबाट उम्मेदवारी दर्ता गराउनुभएको स्रोतको हो । यसअघि संसदीय दलको नेताका प्रमुख आकांक्षी रुपमा रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता नगरेपछि शाक्य र पौडेल प्रतिस्पर्धामा उत्रेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here