एमाले चुनावी घोषणापत्र जारी गर्दै

web

काठमाडौं, १८ बैशाख– नेकपा एमालेको स्थायी समिति बैठकको बैठक बस्नेभएको छ ।

प्रधानन्यायाधिश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग गलत भएको भन्दै विरोध गरेको एमालेले त्यसबारेमा आफ्नो धारणा बनाउन बैठक बोलाएको हो । यस्तै आजै एमालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।

हिजो सार्वजनीक गर्ने भनिएपनि सम्पादनको कार्य पूरा नभएको भन्दै आज मात्र सार्वजनिक गर्ने तयारी गरेको एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा घोषणा पत्र सार्वजनिक गरिनेछ ।

त्यस्तै–घोषणापत्र सार्वजनिकपछि आजै पुनःपार्टी स्थायी कमिटीको बैठक बसी महानगरका लागि पार्टीका उम्मेदवार चयनबारे छलफल गर्ने एमालेको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here