एमाले घोषणापत्रमा विकासे कार्यक्रम, काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरको टुङ्गो आजै

web

काठमाडौं, १७ बैशाख– प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले आज पार्टीको निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।
धुम्बाराहीस्थित पार्टी मूख्यालयमा आज अपरान्ह ३ बजे घोषणा पत्र सार्जजनिक गर्ने सचिव योगेश भट्टराइले जानकारी दिनुभयो ।
गएको शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले घोषणा पत्र पारितगर्दै आज सार्वजनिक गर्ने निर्णय गरेको हो । एमालेले बिकास निर्माणदेखि नेपालीको प्रतिब्यक्ति आय, आर्थिक बृद्धि, उर्जा, शिक्षा, स्वास्थ्य, कृषि, शान्ति सुरक्षा लगायतलाई समेटेर घोषणा पत्र ल्याउन लागेको हो ।
एमालेको ९ महिने शासनकालका अधिकांश जनमुखी लगायत कार्यक्रमलाई समेत घोषणा पत्रमा समेटिएको भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच– एमालेले काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरको टुङ्गो आज लगाउने भएको छ । यस्तै प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मतरुपमा सबै उम्मेदवारको निर्णय भइसकेको छ ।

तर, प्रदेश नम्बर–३ मा भने काठमाडौँ महानगरपालिका र उपमहानगरपालिकामा सर्वसम्मतरुपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको र आजसाझसम्ममा त्यसलाई टुङ्गो लगाउने एमालेले तयारी गरेको छ ।
एमालेमा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा सबै उम्मेदवारको टुङ्गो भइसकेको छ, भने अन्य जिल्लामा पनि ९० प्रतिशतभन्दा बढी स्थानमा उम्मेदवार सर्वसम्मतरुपमा चयन भएका छन् ।

थोरै स्थानमा बाँकी रहेका उम्मेदवारको चयन आजसम्ममा गरिने जनाएको छ । प्रदेश नम्बर–४ मा उम्मेदवार चयन अन्तिम चरणमा पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here