एमाले आन्तरिक छलफलमा

web

काठमाडौं,१३ चैत–  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी समितिको बैठक आज पनि बस्ने भएको छ ।
चुनावी तयारीकै सिलसिलामा आज स्थायी समिति बैठक बोलाएको हो । निर्वाचन घोषणापत्र लगायतका विषयमा थप छलफलका लागि बैठक बोलाइएको एमालेले जनाएको छ ।
बैठकले उम्मेदवार छनोटको मापदण्ड र कार्यविधी बनाइसकेकाले त्यसलाई अन्तिम रुप दिएर एमालेको आगामी कार्ययोजनाका विषयमा पनि छलफल गर्नेछ ।
भोलिसम्म ती मापदण्डका आधारमा उम्मेदवार छनोटको काम सुरु गर्न देशभर सर्कुलर पठाइने एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
एमालेले गाउँ, नगर, उपमहानगरको वडाध्यक्ष र सदस्य गाउँपालिका, नगरपालिका र उपमहानगरपालिका कमिटीको सिफारिसमा जिल्ला कमिटीले छान्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here